Fri. Oct 18th, 2024

भीम रावल र विप्लवबीच भेटवार्ता : देशभक्तको मोर्चा बनाउन जोड

काठमाण्डौं, २०७८ फागुन १९ गते बिहीबार । एमाले नेता भीम रावलले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसँग भेटवार्ता गर्नुभएको छ।

बिहीबार विप्लव र नेता खड्ग विश्वकर्मा नेता रावलको निवासमा पुग्नुभएको हो। भेटमा विप्लवले राष्ट्रिय स्वाधीनताका लागि सबै देशभक्त एक हुन र मोर्चा बनाउन जोड दिनुभएको छ।

भेटवार्तापछि ट्वीट गर्दै नेता रावलले देशभक्त एक हुने कुरा उचित भएको र हाल आफ्नो ठाउँबाट भूमिका खेल्नु उचित हुने बताउनुभएको छ।

‘आज नेकपाका महासचिव नेत्र विक्रम चन्द ुविप्लवु र नेता खड्ग विश्वकर्मासँग मेरो घरमा भेटवार्ता भयो। उहाँहरूले राष्ट्रिय स्वाधीनताको लागि सबै देशभक्त एक हुन र मोर्चा बनाउन जोड दिनुभयो’, भेटपछि रावलले ट्वीटरमा लेख्नुभएको छ, ‘देशभक्त एक हुने कुरा उचित भएको र हाल आफ्नो ठाउँबाट भूमिका खेल्नु उचित हुने मेरो विचार रह्यो।’

विप्लवका सहयोगी असल क्षेत्रीका अनुसार एमसीसी विरुद्ध राष्ट्रवादी क्रान्तिकारी एक भएर लड्ने र आन्दोलनको बलमा यसलाई खारेज गर्ने विषयमा कुराकानी भएको छ।

Facebook Comments