Sun. Nov 17th, 2024

पकिस्तानका प्रधानमन्त्री इमरान खान भोलि रुस जानु हुँदै

काठमाण्डौं, २०७८ फागुन १० गते मंगलबार । पाकिस्तानका प्रधानमन्त्री इमरान खान दुई दिने भ्रमणका लागि भोलि रुस जाँदै हुनुहुन्छ । रुस र युक्रेनबीच कुनै पनि समय युद्ध भैहाल्न सक्ने आवस्था सृजना भैरहेको समयमा प्रधानमन्त्री खानले रुसको भ्रमण गर्न लाग्नु भएको हो ।

पाकिस्तानको विदेश मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री इमरान खान दुई दिने औपचारिक भ्रमणका लागि बुधबार रुसतर्फ प्रस्तान गर्नुहुने बताएको छ । उच्चस्तरीय प्रतिनिधीहरुको नेतृत्व गर्दै रुस जान लाग्नु भएका खानले भ्रमणका क्रममा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन लगायतका उच्चपदस्थ सरकारी अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, पाकिस्तान र रुसले पारस्परिक सम्मान र विश्वासका आधारमा विभिन्न अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्धाहरुमा विचारको आदानप्रदान मार्फत दुवै मुलुकको सम्बन्धलाई मैत्रीपूर्ण एवम् सुदृढ बनाईरहेका छन् । भ्रमणको समयमा दुवै नेताहरुले उर्जा सहयोग लगायत द्वीपक्षीय सम्बन्धमा आधारित सम्पूर्ण पक्षको समीक्षा गर्ने कार्यक्रम रहेको विदेश मन्त्रालयले जनाएको छ ।

पाकिस्तान र रुसले इस्लामोफोबिया र अफगानिस्तानको अवस्थालगायत प्रमुख क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा विचार आदानप्रदान गर्ने विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ। बयानमा युक्रेन संकटको कुनै उल्लेख गरिएको छैन। तर खानले कुनै पनि सैन्य हस्तक्षेपको विरोध गर्दै सबै समस्या वार्ता र वार्ताबाट समाधान गर्न सकिने बताउनु भएको छ ।

इस्लामाबादमा गहुँ निर्यात गर्ने युक्रेनसँग पाकिस्तानको राम्रो सम्बन्ध छ।

Facebook Comments