Fri. Oct 18th, 2024

सीता परियार पहिलो दलित महिला सीडीओ

काठमाण्डौं, २०७८ फागुन ५ गते बिहीबार । सीता परियार पहिलो दलित महिला सीडीओ बन्नु भएको छ । काँस्कीको रुपा गाउँपालिका-१ स्थायी निवासी परियारले शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गर्नुभएको थियो । उहाँले सेवा प्रवेश गरेको एक दशक बितिसकेको छ ।

भक्तपुरमा सहायक सीडीओ हुनुअघि उहाँले तत्कालिन जिल्ला विकास समितिको कार्यालयमा स्थानीय विकास अधिकारीकोरुपमा समेत अनुभव संगाल्नु भएको छ ।

यसबीचमा उहाँले तीनवटा उपमहानगरपालिका तथा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा समेत काम गर्नुभयो । उहाँले धनुषाको जनकपुरधाम उपमहानगरपालिका, काठमाडौंको किर्तिपुर नगरपालिका र चन्द्रागिरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर काम गर्नुभएको थियो । कान्तिपुर अनलाईन

 

Facebook Comments