Fri. Oct 18th, 2024

इन्टरविरुद्ध लिभरपुलको सहज जित

काठमाण्डौं, २०७८ फागुन ५ गते बिहीबार । युईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा इंग्लिस क्लब लिभरपुलले इटालियन क्लब इन्टर मिलानविरुद्ध जित निकालेको छ ।

सान सिरोमा बुधबार राति भएको खेलमा लिभरपुलले इन्टरविरुद्ध २-० गोल अन्तरको जित निकालेको हो । लिभरपुललाई जित दिलाउन रोबर्टो फिर्मिन्हो र मोहम्मद सलाहले एक एक गोल गर्नु भयो ।

खेलको ७५ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाउनु चएको थियो । त्यसपछि खेलको ८३ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई २-० को सहज जित दिलाउनु भयो । अब इन्टर र लिभरपुलबीचको दोस्रो लेग खेल एनफिल्डमा मार्च ८ मा हुनेछ ।

Facebook Comments