Sun. Nov 17th, 2024

एमालेको अवरोध कायमै रहँदा प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक पर्सि बस्ने

काठमाण्डौं, २०७८ फागुन ४ गते बुधबार । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। थारू आयोगको वार्षिक प्रतिवेदन र शोक प्रस्ताव पारित गरेर आजको बैठक स्थगित भएको हो।

अर्को बैठक २०७८ फागुन ६ गते शुक्रबार दिनको १ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले बताउनुभयो । संसदमा निरन्तर अवरोध गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आजको बैठकमा पनि अवरोध कायमै राखेको थियो।

आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदको नाम लिष्ट सभामुख अग्नि सापकोटाले सूचना प्रकाशित नगरेको भन्दै एमालेले लगातार रूपमा संसद् बैठक अवरोध गर्दै आएको छ।

आजको बैठक पनि सुरु हुनासाथ एमालेका सांसदहरूले उठेर नाराबाजी गर्दै संसद अवरोध गर्न बेल घेराउ गरेका थिए। आजको संसद् बैठक बस्नुअघि सभामुखले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि एमाले अनुपस्थित भएको थियो।

Facebook Comments