Sat. Mar 14th, 2026

इराकस्थित अमेरिकी सैन्य अखडामा इरानद्वारा मिसाईल आक्रमण

       

काठमाडौं, २०७६ पुष २३ गते बुधबार
अमेरिकी ड्रोन आक्रमणमा आफ्ना सैन्य कमान्डर कासिम सुलेमानी मारिएपछि आक्रोसित बनेको इरानले त्यसको जवाफमा इराकमा रहेका दुई वटा अमेरिकी सेनाको अड्डामा ब्यालेस्टिक मिसाइल आक्रमण गरेको छ ।बीबीसीका अनुसार अमेरिकी विदेश मन्त्रालयले आक्रमणको पुष्टि गर्दै आफ्ना दुई वटा सैन्य शिविरमा एक दर्जन भन्दा बढी मिसाईल हमला भएको जनाएको छ ।

मिसाईल आक्रमणपछि मध्यपूर्वमा युद्धको ज्वाला दन्कने र त्यसले धेरै देशहरुलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभाव पार्ने विश्लेषकहरुको भनाई छ । अमेरिका र ईरानबीचको मनमुटावले सुन र तेलको भाउ निरन्तर बढ्ने अनुमान गरिएको छ ।

Facebook Comments