Mon. May 20th, 2024

हिउँ परेपछि ओलम्पिक खेल क्षेत्रमा तत्कालै हिउँ र बरफ हटाइयो

काठमाण्डौं, २०७८ फागुन २ गते सोमबार । फेब्रुअरी १३ तारिख पैचिङ हिउँदे ओलम्पिक खेलकुदअन्तर्गत चाङ च्याखौ प्रतियोगिता क्षेत्रमा हिउँ परेको छ। स्थानीय कर्मचारीले मानवीय स्रोत तथा कृत्रिम तरिका र मेशिनको प्रयोग गरी तत्कालै हिउँ र बरफ हटाएर सुरक्षाको संरक्षण गर्नुकासाथै स्थानीय यातायात तथा खेल सुचारू रूपमा सञ्चालन गरेको छ।

साथै यातायात विभागले हिउँदे ओलम्पिक खेलकुदसम्बन्धी सबै बाटोमा हिउँ र बरफ हटाउन कर्मचारी खटाएको छ। तीमध्ये येनछिङ-छुङली राजमार्ग येनछिङ र छुङली यी दुई प्रतियोगिता क्षेत्रलाई जोड्ने राजमार्ग हो। यातायात विभागले उक्त मार्गको सफाइमा मात्र ३०० जना कर्मचारीलाई खटाएको छ।

Facebook Comments