Sun. Nov 17th, 2024

एमसीसी परियोजनालाई अगाडि बढाउनुपर्ने काँग्रेसको निष्कर्ष

काठमाण्डौं, २०७८ माघ २७ गते बिहीबार । नेपाली काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको छ ।

काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकले अन्य राजनैतिक दलहरूसँग समेत छलफल गरी एमसीसी परियोजनालाई अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले जानकारी दिनुभयो ।

रेडियो नेपालका अनुसार बैठकमा बोल्ने नेताहरूले एमसीसीका बारे आम सर्वसाधारणलाई जानकारी गराउन स्थानीय स्तरमा समेत बहसका कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको प्रवक्ता डा।महतले जानकारी दिनुभयो ।

केन्द्रीय कार्यसमितिको बैठक भोलि पुनः बस्ने र आगामी स्थानीय तहको निर्वाचन, पदावधी सकिएका भातृ सङ्गठनहरूको अधिवेशन लगायतका विषयमा छलफल हुने काँग्रेसले जनाएको छ ।

Facebook Comments