Sun. Nov 17th, 2024

युक्रेनमा हमला भए अमेरिकाले ‘पुटिनमाथि नै प्रतिबन्ध लगाउन सक्ने’

फाईल फोटो

काठमाण्डौं, २०७८ माघ १२ गते बुधबार । अमेरिकी राष्ट्रपति जो बाइडनले रुसले युक्रेनमाथि आक्रमण गरे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि व्यक्तिगत प्रतिबन्ध लगाउनेबारे आफूले विचार गर्ने बताउनु भएको छ ।

पश्चिमा शक्तिहरूले युक्रेनमा हमला भए त्यसको रुसले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिँदै आएका बेला अमेरिकी राष्ट्रपतिको यस्तो भनाइ आएको हो। रुसले चाहिँ युक्रेनमाथि आफूले हमला गर्ने कुनै मनसाय नरहेको दोहोर्‍याउँदै आएको छ।

बाइडनले यदि रुसले आफ्नो दक्षिण-पश्चिमी छिमेकी राष्ट्रमाथि आक्रामक कदम चालेमा त्यसले विश्वका लागि “असाधारण परिणाम” निम्त्याउनसक्ने बताउनु भएको छ ।

रुसले चाहिँ “युक्रेन मामिलामा तनाव बढाउन अमेरिका र अन्य शक्तिहरूले भूमिका खेलेको” आरोप लगाएको छ। बीबीसी

Facebook Comments