Fri. May 17th, 2024

जम्मू काश्मिरका जनताको आत्मनिर्णयको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं, २०७६ पुष २१ गते सोमबार।

काठमाडौंस्थित पाकिस्तानी दूतावासले जम्मू काश्मिरका जनताको आत्मनिर्णयको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आइतबार सम्पन्न सो अन्तरक्रिया कार्यक्रममा मानवअधिकार संगठनका प्रतिनिधी, विश्लेषक, लेखक तथा विभिन्न टेलिभिजनका प्रतिनिधिहरु लगायत २५ जनाको सहभागीता रहेको थियो । सो कार्यक्रममा पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री तथा विदेश मन्त्रीले जम्मू काश्मिरका जनताको आत्मनिर्णयको अधिकारका विषयमा जारी गर्नुभएको विज्ञप्ति पढेर सुनाईएको थियो ।

सो विज्ञप्तिका अनुसार पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले भारत अधिनस्त जम्मू र काश्मिर को वर्तमान स्थिती इतिहासकै सबै भन्दा खराब रहेको बताउनु भयो । राष्ट्रपति आरिफ का अनुसार ती क्षेत्रका जनता उनीहरुको मौलिक अधिकारबाट बञ्चित छन् । ती अधिकारहरुमा जीवन, खानपान, स्वास्थ्य, अभिव्यक्ति स्वतन्त्रता, विधान सभा तथा आत्मनिर्णयको अधिकारहरु पर्दछन् ।

प्रेस विज्ञप्तिका अनुसार प्रधानमन्त्री इमरान खानले कश्मिरी जनताले आत्मनिर्णयको अधिकार प्राप्त नगरेसम्मको लागि पाकिस्तानको तर्फबाट वलियो नैतिक, राजनीतिक तथा कुटनीतिक समर्थन कायम रहने बताउनु भयो ।

पाकिस्तानका विदेश मंत्री शाह महमूद कुरैशीले भन्नुभयो कश्मिरका जनतामाथि भारतले ५ अगस्त २०१९ मा जारी गरेको अवैधानिक तथा एकतर्फी कारवाहीको उद्देश्य IOJ & K को विवादित स्थितीलाई परिवर्तन गर्नु र कश्मिरी जनताको आत्मनिर्णयको अधिकारलाई कमजोर पार्नु थियो ।

सो कार्यक्रममा नेपालका लागि पाकिस्तानी राजदूत मजहर जावेदले उक्त विवादको उत्पत्ति र संयुक्त राष्ट्रसंघीय संसदका प्रस्तावहरु स्मरण गर्दै जम्मू कश्मीरका जनतालाई उनीहरूको आत्मनिर्णयको अधिकारको प्रत्याभूति गराउनु भयो। उहाँले भन्नु भयो कि यी प्रस्तावहरू कार्यान्वयन नहुँदा IOJ  र कश्मीरका जनताले पिढीदरपिढी पीडा भोग्नुपरेको र यस क्षेत्रको शान्ति र स्थायित्वलाई चुनौती पुगेको छ ।

कार्यक्रमका सहभागीहरूले काश्मिरमा मानवअधिकारको बिग्रँदै गइरहेको स्थितिमा गम्भीर चिन्ता व्यक्त गरे  । जहाँ  ५ महिना सम्म लाखौं जनतामाथि दबाब थोपरिएको थियो । सो अन्तरक्रिया कार्यक्रमको प्रश्नोत्तर सत्रमा कार्यक्रममा सहभागी पत्रकार, विश्लेषकहरुले कश्मिरको इतिहास, मानवअधिकार र विवादित क्षेत्रको भविष्यका बारेमा सोधिएका विभिन्न प्रश्न्हरुको पाकिस्तानी राजदूतले जवाफ दिनुभएको थियो । कार्यक्रम आयोजना गरिएकोमा सहभागीहरुले धन्यवाद ज्ञापन समेत गरेका थिए ।

Facebook Comments