नारायणहिटी दरबार सङ्ग्रहालय सञ्चालन समितिका कार्यकारी निर्देशक दाहालद्वारा राजीनामा
- नारायणहिटी जग्गा भाडा प्रकरण
काठमाण्डौं, २०७८ पुस २७ गते मंगलबार । नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिनुभएको छ ।
नारायणहिटी दरबार परिसरको जग्गा बतास समूहलाई ठेक्कामा दिएको विषयमा छानविन गर्न मन्त्रालयले बनाएको समितिले सोमबार मात्र कार्यकारी निर्देशक दाहालाई कारबाही गर्न सिफारिस गरेको थियो ।
मङ्गलबार (आज) दाहालले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा राजीनामा बुझाएको मन्त्रालयका प्रवक्ता टोकराज पाण्डेयले बताउनुभयो । गोरखापत्र अनलाइन
Facebook Comments