Mon. May 6th, 2024

पछिल्लो २ हजार ४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौं, २०७८ पुस २७ गते मंगलबार ।  देशभर आज २ हजार ४ सय ४४ कोरोना संक्रमित थपिएका छन् । १५ हजार ३३ जनाको नमुना परीक्षण गर्दा २ हजार ४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसअघि हिजो मात्रा १ हजार ४ सय ४६ जनामा संक्रमण पुष्टि भएको थियो । केही दिनदेखि फेरि कोरोना भाइरसबाट संक्रमण हुने दर बढेको हो ।

यसैगरी गएको २४ घण्टामा ३ सय १३ जना सङ्क्रमणमुक्त भएका छन् ।

आज १० वर्षमुनिका ४० जना बालबालिका कोरोनाबाट संक्रमित बनेका छन् भने ११ देखि २० वर्ष मुनीका उमेर समूहका १ सय ७५ जना संक्रमित बनेको मन्त्रालयले जनाएको छ । सबैभन्दा धेरै संक्रमित हुने उमेर समूह २१ देखि ३० वर्षका ६ सय ३६ जना रहेका छन् ।

कोरोना भाइरसबाट पुस २२ गते ४ दशमलव ५ प्रतिशत संक्रमित भएकोमा पाँच दिनमा बढेर आज १६ दशमलव ३ प्रतिशत पुगेको  मन्त्रालयले जनाएको छ  ।

आज सङ्क्रमणबाट १ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट अहिलेसम्म ११ हजार ६ सय ७ जनाको मृत्यु भएको हो ।

देशभरि ९ हजार ५ सय २२ सक्रिय सङ्क्रमितले आइसोलेसनमा रहेर उपचार गरिरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । रेडियो नेपाल

Facebook Comments