Fri. Oct 18th, 2024

प्रतिनिधिसभाको पुस २८ गते बस्ने भनिएको बैठक पुनः माघ ३ गतेका लागि सारियो

काठमाण्डौं, २०७८ पुस २६ गते सोमबार । प्रतिनिधिसभा संसद्को बैठकको मिति माघ ३ गतेको लागि सरेको छ । सङ्घीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले सोमबार एक विज्ञप्ति जारी गर्नुहुँदै यसअघि पुस २८ गते बुधबार दिउँसो १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश सो दिन र समसयमा बस्न नसकिने जानकारी दिनुभएको हो ।

यससँगै सभामुख अग्निप्रसाद सापकोटाद्वारा प्रतिनिधि सभाको बैठक माघ ३ गते सोमबार दिउँसो १ बजे बस्ने गरी मिति र समय निर्धारण गरिएको जनाएको छ । यसअघि पनि पुस २२ गते बिहीबार दिउँसो १ बजे बस्ने भनिएको बैठक पुस २८ गते सरेको थियो । प्रतिनिधि सभा बैठकको मिति पुनः सरेको हो । गोरखापत्र अनलाईन

Facebook Comments