Fri. Oct 18th, 2024

भोली बिहीबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित

काठमाण्डौं, २०७८ पुस २१ गते बुधबार । भोली पुस २२ गते बिहीबार बस्ने प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । संसद सचिवालयले अर्को बैठक पुस २८ गते बस्ने गरी बिहीबारको बैठक स्थगित गरेको हो ।

अर्को बैठक पुस २८ गते दिउँसो १ बजे बस्ने सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

Facebook Comments