Tue. Dec 24th, 2024

प्रचण्ड नेकपा माओवादीको अध्यक्षमा सर्वसम्मत चयन

काठमाण्डौं, २०७८ पुस १९ गते सोमबार । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा माओवादी केन्द्को अध्यक्षमा पुन: सर्वसम्मत चयन हुनुभएको छ । नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन पश्चात् ललितपुरको सानेपा हाइटस्थित हेरिटेज गार्डेनमा आज अपराह्न बसेको केन्द्रीय समितिको पहिलो बैठकले अध्यक्षमा पुनः पुष्पकमल दाहाल प्रचण्डलाई सर्वसम्मत चयन गरेको हो ।

प्रचण्डलाई पार्टी अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव नेता नारायणकाजी श्रेष्ठ र समर्थन नेता कृष्णबहादुर महराले गर्नुभएको थियो । नेता श्रेष्ठको प्रस्ताव र नेता महराको समर्थनलाई केन्द्रीय समितिका सदस्यले सर्वसम्मत स्वीकृत गरेका थिए । नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन पश्चात् ललितपुरको सानेपा हाइटस्थित हेरिटेज गार्डेनमा आज अपराह्न बसेको केन्द्रीय समितिको पहिलो बैठकले अध्यक्षमा पुनः पुष्पकमल दाहाल प्रचण्डलाई सर्वसम्मत चयन गरेको हो ।

पार्टी अध्यक्षमा सर्वसम्मत चयन हुनुभएपछि बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले नेतृत्वका लागि आफूलाई अन्तिम अवसर प्राप्त भएको बताउनुभएको छ । फेरि पनि आगामी पाँच वर्षका लागि अध्यक्षको जिम्मेवारी पाउनुभएको उहाँले आफ्नो काँधमा ठूलो जिम्मेवारी आएको बताउनुभएको छ ।

‘मलाई यो पार्टी, केन्द्रीय समिति र श्रमजीवीजनताले मलाई इतिहासका गम्भिर मोडहरुमा गम्भिर भूमिका खेल्ने अवसर दिएको छ ।’, प्रचण्डले प्रतिक्रिया दिनुभएको छ । बैठकले अध्यक्षबाहेकको पदाधिकारीको टुङ्गो लगाउने बताइएको छ । माओवादीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ ।

Facebook Comments