Sun. May 19th, 2024

कोभिड-१९ को नयाँ भेरियन्टबाट थप सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाण्डौं, २०७८ पुस १८ गते आईतबार । महामारीको रुपमा विश्वभरी फैलिरहेको कोभिड-१९ को नयाँ भेरियन्टबाट थप सतर्कता अपनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले आज सात वटै प्रदेश स्वास्थ्य निर्देशनालय र सबै जिल्ला स्वास्थ्य कार्यालयलाई पत्र लेख्दै ओमिक्रोन सङ्क्रमणलाई बढ्न नदिन जनस्वास्थ्यका मापदण्डहरूको पूर्ण पालना गर्न गराउन, जोखिम क्षेत्रहरू (हटस्पट) पत्ता लगाई परीक्षणको दायरा बढाउन अनुरोध गरेको छ ।

सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सीमानाबाट प्रवेश गर्ने यात्रुहरूको परीक्षण, खोप लगाउन छुटेकाहरुलाई लक्षित वर्गलाई खोप लगाउन र आइसोलेसन तथा क्वारीनटाइनमा रहेकालाई निगरानी गर्न समेत आग्रह गरिएको छ ।

Facebook Comments