Sat. Nov 16th, 2024

भारतको वैष्णोदेवी मन्दिरमा भागदौड हुँदा कम्तीमा १२ दर्शनार्थीको मृत्यु, कैयौँ घाइते

काठमाण्डौं, २०७८ पुस १८ गते आईतबार । भारतको जम्मू-कश्मीरस्थित वैष्णोदेवी मन्दिर परिसरमा भएको भागदौडमा कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। नयाँवर्षको दिन ठूलो सङ्ख्यामा मानिसहरू मन्दिरमा दर्शन गर्न गएका थिए।

उक्त घटनामा २० जना घाइते भएको बताइएको छ। त्रिकुटा पहाडमा अवस्थित मन्दिरको गर्भगृहबाहिर विवाद भएपछि भागदौड भएको थियो। मन्दिरमा प्रत्येक दिन दशौँ हजार मानिस जान्छन्।

जम्मू-कश्मीरका प्रहरी प्रमुख दिलबाग सिंहले समाचार संस्था एएनआईलाई बताएअनुसार विवादका कारण मानिसहरूले एकअर्कालाई धकेल्न थालेपछि भागदौडको अवस्था सिर्जना भएको थियो।

बिहान २:४५ बजे भएको घटनामा १२ जनाको ज्यान गएको उहाँले पुष्टि गर्नुभयो । बीबीसी

Facebook Comments