विधान मस्यौदा र राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न विभिन्न २५ वटा समूह बनाईयो
- माओवादी केन्द्रको ८औं राष्ट्रिय अधिवेशन
काठमाण्डौं, २०७८ पुस १२ गते सोमबार । नेकपा माओवादी केन्द्रले विधान मस्यौदा र राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न विभिन्न २५ वटा समूह बनाएको छ । सो समूहमा भोली मंगलबार दिनभर विषयगत छलफल हुने र पर्सि बुधवार समूहका तर्फबाट टोली नेताहरूले सुझाव दिने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ ।
प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा जुगलका अनुसार समूहगत छलफलका लागि बनाइएको २५ समूह, समूहगत छलफल गर्ने स्थान र समूहको समन्वय गर्ने जिम्मेवारी देहायबमोजिम रहेको छ ।
समूह १
सहभागी : जेष्ठ कम्युनिष्ट मञ्च
छलफलको स्थान: प्रज्ञा भवनको सभालको मुख्य भाग
समन्वयको जिम्मेवारी : एनके प्रसाई
समूह २ र ३
सहभागी : सल्लाहकारहरु
छलफलको स्थान : प्रज्ञा भवनको मुख्य मञ्चको दायाँ बाँया
समन्वयको जिम्मेवारी : नन्दकुमार थापा
समूह ४ र ५
सहभागी : प्रदेश नं. १ का प्रतिनिधिहरु
छलफलको स्थान : भानुभक्त हल, प्रज्ञा भवन
समन्वय गर्ने जिम्मेवारी : हर्क नेम्वाङ
समूह ६ र ७
सहभागी : प्रदेश नं. २ का प्रतिनिधिहरु
छलफलको स्थान : पारिजात हल, प्रज्ञा भवन
समन्वय गर्ने जिम्मेवारी : गणेश साह
समूह ८ र ९
सहभागी : लुम्बीनी प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान : सिद्धिचरण हल, प्रज्ञा भवन
समन्वय गर्ने जिम्मेवारी : चक्रपाणी खनाल
समूह १० र ११
सहभागी : गण्डकी प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान : पार्टी कार्यालय, पेरिसडाँडा
समन्वय गर्ने जिम्मेवारी : गायत्री गुरुङ
समूह १२
सहभागी : प्रवास प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान : पार्टी कार्यालय पेरिसडाँडा
समन्वय गर्ने जिम्मेवारी : लक्ष्मण पन्त
समूह १३ र १४
सहभागी : कर्णाली प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान : एवान पार्टी प्यालेस
संयोजन गर्ने जिम्मेवारी : विमला केसी
समूह १५ र १६
सहभागी : सुदुरपश्चिम प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान : एवान पार्टी प्यालेस
समन्वय गर्ने जिम्मेवारी : खगराज भट्ट
समूह १७ र १८
सहभागी : सम्पूर्ण विभागका प्रतिनिधिहरु
छलफलको स्थान : क्वालिटी बैंकट, बुद्धनगर
समन्वय गर्ने जिम्मवारी : मायाप्रसाद शर्मा
समूह १९
सहभागी : उपत्यका विशेष प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान : क्वालिटी बैंकट, बुद्धनगर
समन्वय गर्ने जिम्मेवारी : जगत सिंखडा
समूह २० र २१
सहभागी : सम्पर्क समन्वय प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान : क्रिष्टल पार्टी प्यालेस, बिजुली बजार
समन्वय गर्ने जिम्मेवारी : कृष्ण अधिकारी
समूह २२ र २३
सहभागी : बागमति प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान : काठमाडौं बैंकट, थापागाउँ
समन्वय गर्ने जिम्मेवारी : सरल सहयात्री
समूह २४
सहभागी : आयोगका सदस्यहरु
छलफलको स्थान : काठमाडौं बैंकट, थापागाउँ
समन्वय गर्ने जिम्मेवारी : विष्णुपुकार श्रेष्ठ
समूह २५
सहभागी : जनवर्गीय संगठन र मोर्चाका इन्चार्ज र अध्यक्षहरु, केन्द्रीय कार्यालय, एकताबाट आएका प्रतिनिधिहरु
छलफल गर्ने स्थान : काठमाडौं बैंकट, थापागाउँ
समन्वय गर्ने जिम्मेवारी : अमृता थापामगर