Thu. Apr 23rd, 2026

विश्वका सबैभन्दा धनी व्यक्तिले यो वर्ष ११ अर्ब अमेरिकी डलर कर तिर्ने

       

काठमाण्डौं, २०७८ पुस ६ गते मंगलबार । संसारका सर्वाधिक धनी व्यक्ति इलोन मस्कले यो वर्ष ११ अर्ब अमेरिकी डलर कर तिर्ने जानकारी दिनु भएको छ। मास्कले तिर्ने कर कति हो भन्ने विषयमा सामाजिक सञ्जालमा विवाद रहँदै आएको छ ।

यो साताको सुरुमा डेमोक्र्याटिक सांसद एलिजाबेथ वारनले मस्कले “अरू सबैको उदारताको” फाइदा लिन रोक्नुपर्ने ट्वीट गर्नुभएको थियो । “जसलाई कौतूहल छ, मैले यो वर्ष ११ अर्ब डलरभन्दा बढी कर तिर्नेछु,” खर्बपति मस्कले ट्वीटमा लेख्नु भएको छ ।

ब्लूमबर्ग बिलीअनेअर इन्डेक्सले उहाँको कुल सम्पत्ति करिब साढे दुई खर्ब अमेरिकी डलर आंकलन गरेको छ। टेस्ला १० खर्ब अमेरिकी डलर मूल्य पर्ने कम्पनी हो भने स्पेसएक्सको मूल्याङ्कन एक खर्ब अमेरिकी डलर गरिएको छ।

गत साता टाइम म्यागजीनले मस्कलाई वर्ष व्यक्तित्व घोषित गरेको थियो। टाइमको सो घोषणापछि सांसद वारनले लेख्नु भएको थियो, “गलत कर नियम फेरौँ जसले गर्दा वर्ष व्यक्तित्वले साँच्चिकै कर तिर्नेछन् र अरूको उदारताको फाइदा लिन छोड्नेछन्।”

Facebook Comments

सम्बन्धित समाचार