Sun. May 19th, 2024

पुस १३ गतेदेखि फाइजर खोप अभियान शुरू गरिदै

काठमाण्डौं, २०७८ पुस ३ गते शनिबार । सरकारले पुस १३ गतेदेखि कोरोना भाइरस विरुद्धको फाइजर खोप अभियान सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुस १३ देखि २२ गतेसम्म फाइजर खोप अभियान सञ्चालन गर्न लागेको हो ।

फाइजर खोप बाग्मती प्रदेशका छ जिल्ला, कर्णली प्रदेशका एक र सुदुरश्चिम प्रदेशको एक गरेर आठ जिल्लामा खोप अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, पहिलो मात्रा लगाएकालाई माघ ४ देखि १३ गतेसम्म दोस्रो मात्रा फाइजर खोप दिइने मन्त्रालयले जनाएको छ । बाँकी १२ जिल्लामा खोप केन्द्रमा पछि निधारण गर्ने मन्त्रालयले जनाएको छ ।

यसअघि १२ वर्षमाथिका दीर्घ रोगीहरुलाई २० जिल्लामा फाइजर खोप अभियान सञ्चालन गरेको थियो । फाइजर खोप डिसेम्बर २३र२४ तारिखमा छ लाख ६४ हजार मात्रा खोप आउन लागेको आपूर्ती महाशाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो ।

Facebook Comments