Fri. Apr 19th, 2024

कर्णाली जीप दुर्घटनाका घाइतेलाई हेलिकोप्टरबाट कोहलपुर लगियाे, मृतक सबैको सनाखत

काठमाडौं, २०७६ पुष १७ गते बिहीबार ।

बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरबाट कोल्टी जाँदै गरेको जीप कर्णाली नदीमा खस्दा घाइते भएका चार जनालाई उपचारका लागि नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुर लगिएको छ ।

गोरखापत्र अनलाईनका अनुसार उहाँहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट दिउँसो ४ः ३० बजे कोहलपुर लगिएको हो । साथै घटनामा मृत्यु भएका चारै जनाको सनाखत भईसकेको जिल्ला प्रहरी कार्यालय बाजुरका प्रज मोहन कुँबरले गोरखापत्रलाइ बताउनुभयो । साथै बेपत्ता हुनेमा बाजुरा जिल्ला स्वामीकार्नी गाउँ पालिकाका अन्दाजी वर्ष १३ कि सुशीला विक रहेको छ प्रज कुँबरले जानकारी दिनुभयो ।

Facebook Comments