Sat. Nov 16th, 2024

युक्रेनमा आक्रमणको त्रासबीच अमेरिकी राष्ट्रपतिद्वारा पुटिनलाई कडा चेतावनी

काठमाण्डौं, २०७८ मंसिर २२ गते बुधबार । युक्रेनमा रुसले आक्रमण गर्नसक्ने त्रासबीच त्यसको ‘कडा प्रतिक्रिया’ जनाउने तयारी गरिराखिएको अमेरिकाले जनाएको छ।

अमेरिकी राष्ट्रपति र उहाँका रुसी समकक्षीबीच भएको भिडिओ वार्तापछि वासिङ्टनले त्यसो भनेको हो। भिडिओ वार्ताका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी सैन्य उपस्थिति बढाइएको विषयबारे चिन्ता व्यक्त गरेको र “बलियो आर्थिक तथा अन्य प्रतिक्रिया”को धम्की दिएको वासिङ्टनले जनाएको छ।

पछिल्लो समय युक्रेनसँगको सीमा नजिकै रुसले सैन्य उपस्थिति बढाएको छ। तर छलफलका क्रममा रुसले युक्रेनलाई आक्रमण नगर्ने जनाएको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कीएभमाथि उक्साहटपूर्ण कार्यहरू गरेको आरोप लगाउनु भएको छ । उहाँले रुसनजिक हतियार तैनाथ नगर्ने र पूर्वतर्फ उत्तर एटलान्टिक सन्धि संगठन नेटोको विस्तार नगरिने विषयमा प्रत्याभूतिको माग गर्नुभएको थियो । बीबीसी

Facebook Comments