Tue. Apr 21st, 2026

सी चिनफिङबाट सन् २०२२ आर्थिक कार्यको बारेमा विश्लेषण तथा अनुसन्धान

       

काठमाण्डौं, २०७८ मंसिर २१ गते मंगलबार । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनीतिक व्यूरोले ६ तारिख एउटा बैठकको आयोजना गरेको छ। महासचिव सी चिनफिङले बैठकको अध्यक्षता गर्नुभएको छ।

बैठकले सन् २०२२ आर्थिक कार्यको बारेमा विश्लेषण तथा अनुसन्धान गर्नुका साथै केन्द्रिय अनुशासन निरीक्षण आयोग एवम् राष्ट्रिय पर्यवेक्षण आयोगबाट कार्यको प्रतिवेदन सुनुवाइ गरेको छ। सन् २०२२ भ्रष्टाचार रहित सरकारको निर्माण र भ्रष्टाचार विरोधी कार्यबारे अनुसन्धान गरेको छ र “चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय अनुशासन निरीक्षण आयोगको कार्य नियम”बारे लेखाजोखा गरेको छ।

Facebook Comments