सर्वोच्च अदालतमा अबदेखि मुद्दाको पेशी सूची निर्धारण गोला प्रक्रियाबाट हुने
काठमाण्डौ, २०७८ मंसिर ६ गते सोमबार । सर्वोच्च अदालत नियमावली २०७४ मा भएको संशोधन राजपत्रमा प्रकाशित भएसँगै अब मुद्दाको पेशी सूची निर्धारण गोला प्रक्रियाबाट हुने भएको छ ।
सर्वोच्च अदालतको पूर्ण बैठकले सर्वोच्च अदालत नियमावली २०७४ मा गरेको संशोधन आज राजपत्रमा प्रकाशित भएको हो । योसँगै प्रधानन्यायाधीशले तोक्दै आएको पेशी सूची अब गोला प्रक्रियाबाट हुनेछ ।
संशोधित नियमावलीमा अदालतमा दर्ता भएको मुद्दाको सुनुवाइको लागि इजलास गठन र पेशी सूची निर्धारण गोला प्रक्रियाद्वारा हुने उल्लेख गरिएको छ । कुनै पनि सरकारी निर्णय राजपत्रमा प्रकाशित भएपछि त्यसले वैधानिकता पाउने कानुनी व्यवस्था छ ।
सर्वोच्च-अदालत-दोश्रो-संशोधन-नियमावली-२०७८
Facebook Comments