Fri. Oct 18th, 2024

रूसी राष्ट्रपति पुटिनद्वारा सीएमजीका महानिर्देशकलाई “मित्रता पदवी” प्रदान

काठमाण्डौं, २०७८ मंसिर ४ गते शनिबार । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रपति आदेश सार्वजनिक गर्दै चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाई स्योङलाई “मित्रता पदवी” प्रदान गर्नुभएको छ। रूसी सरकारको कानुनी सुचना वेबसाइटले नोभेम्बर १८ तारिख राष्ट्रपति पुटिनले हस्ताक्षर गर्नुभएको त्यस राष्ट्रपति आदेशलाई सार्वजनिक गरेको हो।

उक्त आदेशका अनुसार, रूस र चीन दुवै देशका जनताबीचको मित्रता र सहकार्यलाई सुदृढ पार्न र आपसी समझदारीलाई प्रवर्द्धन गर्नका लागि ठूलो योगदान गर्नुभएकोमा शन हाइ स्योङको सराहना गर्न उहाँलाई मित्रता पदवी प्रदान गरिएको हो।

चालु वर्ष चीन रूस असल छिमेकी मैत्रीपूर्ण सहयोगात्मक सन्धि सम्पन्न भएको २० औँ वार्षिकोत्सव भएकोले चीन र रूस दुवै देशका नेताहरूले सांस्कृतिक क्षेत्रको आदान प्रदान र सहकार्यमा उच्च महत्व दिँदै आएका छन्। सीएमजी

Facebook Comments