Fri. Oct 18th, 2024

चिनियाँ सिन्च्याङ विकास मञ्च सुरू

काठमाण्डौं, २०७८ कात्तिक ३० गते मंगलबार । नोभेम्बर १५ तारिख सोमबारदेखि चिनियाँ सिन्च्याङ विकास मञ्च २०२१ सुरू भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचार विभागका उपप्रमुख च्याङ च्यानकोले मञ्चको उद्घाटन समारोहलाई सम्बोधन गर्दै चिनियाँ मानव अधिकार कार्य र सिन्च्याङका विभिन्न कार्य न्यायिक रहेको र न्याय कार्य अपराजित रहेको बताउनुभएको छ।

सो समारोहमा बोल्र्दै उपप्रमुख च्याङले हाल सिन्च्याङ बेल्ट एण्ड रोड वरिपरिका देशहरूबीच आदानप्रदान हुने महत्वपूर्ण मञ्च र चीन पश्चिमतर्फ चौतर्फी खुलापन गर्ने ढाँचामा महत्वपूर्ण विभाग बनेको पनि बताउनु भयो ।

सम्बोधनका क्रममा उपप्रमुख च्याङले भन्नुभयो, “अमेरिका र पश्चिमा चीनविरोधी शक्तिले पटक-पटक तथाकथित “नरसंहार”, “जबर्जस्ती श्रम”, “अनिवार्य जन्म नियन्त्रण”आदि विषय उक्साएर मानव अधिकारको प्रयोग गर्दा चीनको आन्तरिक मामिलामाथि हस्तक्षेत्र गरेका छन्। वास्तवमा केही वर्षयता सिन्च्याङमा अर्थतन्त्र तिव्रगतिले विकसित, समाज स्थिर, जनजीव क्रमशः सुधार भएको छ। निरन्तर पाँच वर्ष सिन्च्याङमा हिंसात्मक आतंकवादी घटना भएको छैन। सबै गरिबीहरू गरिबबाट मुक्त भएका छन्। विभिन्न जातीय सर्वसाधारणको लाभ, खुशी, सुरक्षाको भावना क्रमशः बढ्दै मानव अधिकारको उपलब्धि उल्लेखीय छ।”

उक्त मञ्चको मुख्य विषय बेल्ट एण्ड रोडको साझा निर्माण तथा सिन्च्याङको विकास रहेको छ। यो ६ वर्षपछि चीनले सिन्च्याङको विकासबारे आयोजित गरेको अर्को ठूलो अन्तर्राष्ट्रिय सम्मेलन हो। सीआरआई

Facebook Comments