Tue. Apr 21st, 2026

इराकका प्रधानमन्त्री मुस्तफा अल-खादिमीको हत्या गर्ने प्रयासमा ड्रोन आक्रमण

       

काठमाण्डौं, २०७८ कात्तिक २१ गते आईतबार । इराकी प्रधानमन्त्री मुस्तफा अल(खादिमीले राजधानी बग्दादस्थित आफ्नो निवासमा आक्रमण भएपछि आफू त्यहाँबाट भागेको बताउनु भएको छ ।

उक्त आक्रमणलाई उहाँको हत्या गर्ने प्रयास भनिएको छ। अधिकारीहरूका अनुसार राजधानीस्थित ग्रीन जोनमा रहेको उहाँको निवासमा विस्फोटक पदार्थ राखिएको एउटा ड्रोनबाट आक्रमण गरिएको थियो।

सञ्चारमाध्यमहरूका अनुसार प्रधानमन्त्री अल(खादिमीलाई अस्पताल लगिएको थियो। तर उहाँले आफू घाइते नभएको बताउनु भएको छ ।

सामाजिक सञ्जालमा ट्विटरमा उहाँले “इराकको हितका लागि सबैलाई शान्त र संयमित” हुन आह्वान गर्नुभएको छ । बीबीसी

Facebook Comments