Fri. Apr 24th, 2026

आकस्मिक अवतरण गरेको विमानबाट विदेशी यात्रुहरू भागेपछि तनाव

       

काठमाण्डौं, २०७८ कात्तिक २१ गते आईतबार । विमान चढेर आएका विदेशी आप्रवासीहरूले अवैध रूपमा स्पेन प्रवेश गर्न खोजेपछि स्पेनमा अतिव्यस्त मानिने एउटा विमानस्थल शुक्रवार झन्डै चार घण्टा बन्द भएको छ।

मोरक्कोको कासाब्लाङ्काबाट टर्कीको इस्तान्बुल उडेको विमानभित्र एक यात्रु बिरामी परेको सूचना आएपछि उक्त उडान पाल्म डे मयोर्कातिर मोडिएको थियो। विमानले अवतरण गरेपछि २१ यात्रुहरू धावनमार्गबाट दौडेर विमानस्थलको परिधि घेर्न राखिएको तारबार नाघेर भागेका थिए। प्रहरीले पछि केही व्यक्तिलाई पक्राउ गर्‍यो भने १२ जना शनिवार रातिसम्म फेला परेका थिएनन्।

प्रहरीले ती आप्रवासीहरू विमानले अवतरण गरेपछि अकस्मात् भागेका हुन् कि उनीहरू योजनाबद्ध रूपमा नै अवैध रूपमा स्पेन छिर्न आएका हुन् भनेर छानबिन गरिरहेको छ। बीबीसी

Facebook Comments

सम्बन्धित समाचार