Sat. Apr 27th, 2024

प्रदेश २ मा चिसोले जीवन कष्टकर : चार जनाको मृत्यु

जनकपुरधाम, २०७६ पुष १४ गते सोमबार ।

शीतलहरसंगैको अत्यधिक चिसोले प्रदेश २ जनजीवन जनजीवन कष्टकर बनेको छ । चिसो हावासँगै अत्यधिक कुहिरो लाग्न थालेपछि मधेसका जिल्लाहरुमा चिसो बढ्दै गएको छ । बजारमा चहलपहल घटेको छ भने प्रदेश २ का अधिकांश विद्यालय बन्द गरिएको छ ।

चिसोका कारण वृद्धवृद्धा र बालबालिकाहरु बढी प्रभावित भएका छन्। सर्वसधारण घुरा (आगो) बालेर दिन काट्न बाध्य छन् । चिसोका कारण आठवटै जिल्लाका अस्पतालहरुमा बिरामीको संख्या बढेको छ। रुघाखोकी, ज्वरो, निमोनियाँका बिरामीहरु बढेको अस्पतालले जनाएको छ।

जनकपुरस्थित प्रादेशिक अस्पतालमा दम, खोकी तथा निमोनियाका बिरामी बढेको अस्पतालका चिकित्सकहरुले बताएका छन्। चिसोले चारजनाको मृत्यु चिसोका कारण प्रदेश २ मा अहिलेसम्म चारजनाको मृत्यु भएको छ।

प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार धनुषा १, बारा २ र पर्सामा १ जनाको मृत्यु भएको हो। चिसो छल्न बालेको घुरा (आगो) ताप्ने क्रममा शरीरको लुगामा आगो लागेपछि बाराको प्रसौनी गाउँपालिका–७ बलुवा टोलकी ७० वर्षीया सोनादेवी साहको मृत्यु भएको छ। बाराकै जितपुरसिमरा उपमहानगरपालिका–२३ स्थित मस्जिद टोलका ५५ वर्षीय स्माइलमेहा मन्सुलीको चिसोका कारण मृत्यु भएको छ ।

वडाध्यक्ष अस्लम देवानका अनुसार फुसको घरमा बस्दै आएका अति विपन्न मन्सुलीको सुतिरहेकै अवस्थामा मृत्यु भएको हो। यस्तै, जनकपुरधाम उपमहानगरपालिका–२३ की ४८ वर्षीया अनितादेवी कापडको पनि चिसोकै कारण मृत्यु भएको छ। पर्साको पर्सागढी नगरपालिका–४ का ७५ वर्षीय बिक्रम सहनी मलाह चिसोका कारण मृत्यु भएको छ।

चिसोले सिकिस्त बिरामी परेको उनको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घरपालुवा जनावरलाई पनि समस्या चिसोका कारण व्यक्तिको स्वास्थ्यसँगै घरपालुवा जनावरहरुलाई पनि समस्या भएको छ । देशको न्यूज अनलाईनबाट

Facebook Comments