Sat. Oct 19th, 2024

जलवायु सम्मेलनमा अनुपस्थित भएको भन्दै राष्ट्रपति बाइडनद्वारा चीन र रुसका नेताहरुको आलोचना

काठमाण्डौं, २०७८ कात्तिक १७ गते बुधबार । अमेरिकी राष्ट्रपति जो बाइडनले जलवायु परिवर्तनसम्बन्धी कोप २६ सम्मेलनमा चीन र रुसका नेता अनुपस्थित भएको भन्दै आलोचना गर्नुभएको छ । मङ्गलवार राति कोप-२६ मा बोल्दै बाइडनले जलवायु “एउटा ठूलो मुद्दा” भएको र चीन त्यसबाट “टाढिएको” बताउनु भएको हो ।

उहाँले त्यस्तै व्यवहार रुस र त्यहाँका राष्ट्रपति पुटिनले पनि देखाएको आरोप पनि लगाउनु भयो । ग्लास्गोमा नोभेम्बर १४ अर्थात् दुई सातासम्म चल्ने सम्मेलनमा चीन र रुस दुवै देशका राष्ट्रपति अनुपस्थित हुनुहुन्छ ।

तर दुवै देशले वार्ताका लागि आफ्ना प्रतिनिधि भने पठाएका छन्। विश्वमा कार्बन डाइअक्साइड सबैभन्दा धेरै उत्सर्जन गर्ने देशमा चीन र त्यसपछि अमेरिका पर्छ। रुस भने युरोपेली सङ्घ र भारतपछि पाँचौ स्थानमा पर्छ। यो सम्मेलनका लागि विश्वका १२० भन्दा बढी मुलुकका नेताहरू उपस्थित भएका छन्। बीबीसी

Facebook Comments