Sun. Apr 28th, 2024

आज पुस १४, राजा वीरेन्द्रको जन्म दिन, रहस्यकै गर्भमा ‘दरवार हत्याकाण्ड’

काठमाडौं, २०७६ पुष १४ गते सोमबार ।

वीरेन्द्र वीर विक्रम शाह नेपालका दशौं शाहवंशीय राजा हुुनुहुन्थ्यो। राजा बीरेन्द्रले वि.सं. २०२८ देखि वि.सं. २०५८ सम्म नेपालको शासन गर्नु भएको थियो। उहाँका तीन जना सन्तान युवराज दीपेन्द्र शाह, अधिराजकुमारी श्रुति शाह तथा अधिराजकुमार निराजन शाहको रूपमा जन्मिनु भएको थियो। राजा वीरेन्द्रका दुई भाइ हुनुहुन्थ्यो । धिरेन्द्र शाह र ज्ञानेन्द्र शाह। धिरेन्द्रको राजदरवार हत्याकाण्डमा मृत्यु भएको थियो।

राजा वीरेन्द्रको जन्म वि.सं. २००२ साल पुष १४ (सन् १९४५ डिसेम्बर २८) गते भएको थियो। उहाँको प्रारम्भिक शिक्षा दरवारमा नै भयो। माध्यमिक शिक्षा भारत दार्जीलिङको सेन्ट जोसेफ कलेजबाट पूरा गरेपछि उहाँले बेलायतको इटन कलेजमा अध्ययन गर्नु भएको थियो। पछि जापान तथा अमेरिकामा पनि उहाँले थप अध्ययन गर्नुभयो। राजा वीरेन्द्रको विवाह वि.सं. २०२२ सालमा ऐश्वर्य राणाका साथ भएको थियो। वीरेन्द्र वीर बिक्रम शाह पञ्चायत कालको उत्कर्षका बेला वि.सं. २०२८ मा बाबु राजा महेन्द्रको निधनपछि नेपालको राजा बन्नु भएको थियो।

राजा वीरेन्द्रको शासन काल र उपलब्धिहरु

राज्याभिषेक २०३१
शान्तिक्षेत्र प्रस्ताव
जनमत स‌ग्रह वि.सं. २०३७
दक्षिण एशियाली क्षेत्रीय सहयोग स‌गठन (सार्क)को स्थापना वि.सं. २०४२
बहुदल घोषणा वि.सं. २०४६
गद्दी आरोहण राहत महोत्सव वि.सं. २०५३

राजा वीरेन्द्रकै समयमा वि.सं. २०३७ सालमा जनमत संग्रह र जनआन्दोलन २०४६ बाट नेपालमा प्रजातन्त्रको पुनर्वहाली भएको थियो। पहिलो पटक वि.सं. २०३६ सालमा पञ्चायत वा बहुदल के रोज्ने भनेर जनतालाई व्यवस्था रोज्न जनमत संग्रहको घोषणा गरिएको थियो।

वीरेन्द्र वीर विक्रम शाह

शासनकाल ३१ जनवरी १९७२ – १ जुन २००१
पुर्वाधिकारी महेन्द्र वीर विक्रम शाह
उत्तराधिकारी दीपेन्द्र वीर विक्रम शाह
पत्नी रानी ऐश्वर्य राज्यलक्ष्मी शाह
सन्तान दीपेन्द्र वीर विक्रम शाह
श्रुती राज्यलक्ष्मी शाह
निराजन वीर विक्रम शाह
वंश शाह वंश
पिता महेन्द्र वीर विक्रम शाह
माता इन्द्रराज्यलक्ष्मी देवी शाह
जन्म २८ डिसेम्बर १९४५
नारायणहिटी दरवारनेपाल
मृत्यु १ जुन २००१
नारायणहिटी दरवारनेपाल
धर्म हिन्दू

नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्व सामु राखेर शान्तिवादी राजाको छवी बनाउनु भएका उहाँको मृत्यु भने रहस्यमय ढंगले वि.स. २०५८ साल जेठ १९ गते शुक्रबार नारायणहिटी दरवारभित्र भएको थियो । १९ वर्ष बितिसक्दा पनि दरवार हत्याकाण्ड कसले गरायो त्यो रहस्यकै गर्भमा रहेको छ ।

नेपालको इतिहासकै सबैभन्दा अकल्पनीय र रहस्यमय घटनाको रुपमा लिइएको यस हत्याकाण्डमा तत्कालीन राजा वीरेद्रसहित रानी ऐश्वर्य, युवराज दिपेन्द्र र निराजन तथा युवराज्ञी श्रुती, अधिराजकुमार धिरेन्द्र, अधिराजकुमारी शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह लगायतको हत्या भएको थियो ।

राजा बीरेन्द्र र वहाँका दिवंगत परिवारजनप्रति हार्दिक श्रद्धाञ्जली ।

 

Facebook Comments