Fri. Oct 18th, 2024

सर्भरमा समस्या आएको जनाउँदै लाइसेन्स आवेदन बन्द

काठमाण्डौं, २०७८ कात्तिक ११ गते बिहीबार । सवारीसाधनको लाइसेन्सका लागि आवेदन खुलेको ३ दिनपछि फेरि बन्द भएको छ । यातायात व्यवस्था विभागले सर्भरमा समस्या आएको जनाउँदै लाइसेन्स आवेदन बन्द गरेको हो । ‘अत्याधिक चाप पर्दा सर्भरमा समस्या आयो, केही बेरपछि यो समस्या समाधान हुने प्राविधिकहरुले जानकारी दिएका छन्’ विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालले भन्नुभयो ।

विभागले यसबारे वेबसाइटमा समेत सूचना राखेको छ । वेबसाइटमा राखिएको सूचनामा प्रणालीमा प्राविधिक समस्या देखिएकाले मर्मतका लागि आवेदन लिने कार्य बन्द गरिएको जनाइएको छ ।

लाइसेन्स आवेदनका लागि करिब ९ लाखले फारम भर्ने प्रयास गरेको भुसालले बताउनुभयो । कोरोना महामारीका कारण वैशाखदेखि बन्द भएको सवारीसाधन लाइसेन्सको आवेदन गत सोमबार साँझबाट खुलाइएको थियो ।

Facebook Comments