Wed. May 15th, 2024

क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल पक्राउ

काठमाडौं, २०७६ पुष १३ गते आईतबार ।

सिंहदरबार प्रवेश गर्ने क्रममा नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सीपी गजुरेलसहित १५ नेता पक्राउ पर्नु भएको हो । उहाँहरुलाई प्रहरीले साँझ छाडेको छ ।

सीमा अतिक्रणका विषयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउन भन्दै गजुरेलसहितका नेताहरु सिंहदरबार प्रवेश गर्न खोज्नु भएको थियो ।

अनलाईन खवरका अनुसार उहाँहरुले मन्त्री पोखरेलको समय पनि लिनु भएको थियो । तर ४०र५० जनाको समूहमा आएको भन्दै प्रहरीले दक्षिण गेटमै रोक्यो । त्यसक्रममा प्रहरीमाथि ढुंगामुढा भएको र दुई जना प्रहरी घाइते भएको महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेलले बताउनु भयो । पोखरेलले भन्नुभयो, ‘घाइते प्रहरी निरीक्षक वेद पौडेल र असई मानबहादुर तामाङको उपचार भइरहेको छ । प्रहरीको दुई थान मोबाइल पनि हराएको छ ।’

त्यसपछि प्रहरीले गजुरेलसहित र १५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका नेताहरुलाई प्रदर्शनमार्गस्थित पुलिस क्लबमा राखेर साँझपख मात्र छाडिएको छ ।

Facebook Comments