Thu. Sep 19th, 2024

विश्वकपमा पहिलो पटक पाकिस्तानद्वारा भारत पराजित

काठमाण्डौं, २०७८ कात्तिक ८ गते सोमबार टी-२० क्रिकेट विश्वकप को सन् २०२१ को पहिलो खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको छ। भारतले दिएको १५२ रनको लक्ष्य पाकिस्तानको टोलीले १७.५ ओबरमा बिना विकेट प्राप्त गरेको छ।

मोहम्मद रिजवानले ५५ बलमा ७९ रन र कप्तान बाबर आजमले ५२ बलमा ६८ रन बनाउनु भयो। पाकिस्तानले आजसम्म विश्वकपको कुनै पनि प्रतिस्पर्धामा भारतलाई हराउन सकेको थिएन। यो नै पाकिस्तानको ऐतिहासिक जीत हो। पाकिस्तानले टस जितेर पहिला भारतलाई ब्याटिङ गर्न दिएको थियो। त्यसमा भारतीय टोलीले ७ विकेट गुमाएर १५१ रन बनाएको थियो।

शुरूवाती झट्कापछि भारतीय टोली सम्हालिएको थियो र त्यसमा कप्तान विराट कोहली र विकेटकीपर ऋषभ पन्तको भूमिका रह्यो। कोहलीले ५७ रन र पन्तले ३९ रन बनाउनु भयो।

पाकिस्तानी टोलीका लागि १५२ रनको लक्ष्य भेट्टाउन पहिलो ओभर राम्रो रह्यो। भुवनेश्वर कुमारको पहिलो ओभरमा मोहम्मद रिजवानले १० रन बनाउनु भयो। दोस्रो ओभरमा भारतीय बलर मोहम्मद शमी आउनु भयो। उहाँले ८ रन दिएसँगै पाकिस्तानी टोलीले बिना कुनै नोक्सान १८ रन बनायो।

यो जीत पाकिस्तानी प्रशंसकले देखेको सपनाभन्दा परको विषय थियो। उहाँहरूले टी-२० विश्वकपमा केवल आफ्नो सबैभन्दा ठूलो प्रतिद्वन्द्वीलाई हराउनु भएन (जोडदार रूपमा पराजित समेत गर्नुभयो।) बीबीसी

Facebook Comments