Mon. Dec 23rd, 2024

चीन विगत ५० वर्षदेखि विश्व शान्तिको संरक्षणमा सक्रिय

काठमाण्डौं, २०७८ कात्तिक ७ गते आईतबार । चीनले संयुक्त राष्ट्र संघमा पुनःस्थापना भएको ५० वर्षयता विश्व शान्तिको संरक्षण गर्दै सक्रिय रूपमा संयुक्त राष्ट्र संघको शान्ति संरक्षण कार्वाहीमा भाग लिँदै आएको छ।

पछिल्लो ३० वर्षमा चिनियाँ सैनिक र प्रहरीले निरन्तर ३० पटक संयुक्त राष्ट्र संघको शान्ति संरक्षण कार्वाहीमा भाग लिएर लगभग ५० हजार जनालाई खटाइसकेको छ। ३० वर्षयता चिनियाँ शान्ति रक्षक फौजले युद्ध विरामको निगरानी, सर्वसाधारणको संरक्षण, क्षेत्रीय स्थिरता र स्थानीय आर्थिक सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।

यसबाहेक, ३० वर्षयता १६ जना चिनियाँ सैनिक जवानले शान्ति संरक्षण कार्वाहीमा आफ्नो ज्यान गुमाएका छन्।

Facebook Comments