Sun. May 5th, 2024

विश्वकै सबैभन्दा जेठाे गैंडाको मृत्यु

काठमाडौं, २०७६ पुष १३ गते आईतबार ।

गैंडाको उमेर ३७ देखि ४३ वर्ष निर्धारण गरिएको छ । रोग प्रतिरोधात्मक क्षमता र जीवन पद्धतीले उक्त उमेर बढेर ४५–४७ सम्म पुग्न सक्ने विशेषज्ञहरु बताउँछन् । तर विश्वमै सबैभन्दा बढी उमेरको दाबी गरिएको दुई सिंगे गैंडाको ५७ वर्षमा मृत्यु भएको छ । गोरखापत्र अनलाईनका अनुसार तान्जानियामा ५७ वर्ष उमेरमा पोथी प्रजातिका एक गैंडाको शनिबार मृत्यु भएको हो । उक्त गैंडा लोपोन्मुख ‘इस्टर्न प्रजाति’को हो ।

फौस्टा नाम दिइएको उक्त गैंडा गोरङ्गगोरोको क्रेटरमा तीन वर्षको छँदा सन् १९६५ मा फेला परेको थियो । ५४ वर्षसम्म स्वतन्त्र जीवन ब्यतित गरेको फौस्टाको बूढ्यौली उमेरमा स्वास्थ्यमा समस्या आएको थियो । र उसलाई विशेषज्ञ निगरानीमा राखिएको थियो । फौस्टाको कुनै सन्तान थिएन । गोरङ्गगोरोका संरक्षणकत्र्ताले केटा–केटी नभएकोलै नै फौस्टा बढी उमेरसम्म बाँचेको बताउँछन् ।

सन् २०१६ मा फौस्टाको आँखा राम्ररी काम गर्न छोड्यो र ‘हाइना’को आक्रमणको चपेटामा पर्दै आएको थियो । गोरोङ्गगोरो संरक्षण प्राधिकरणका चिकित्सक फ्रेडी मनोङ्गीले भन्नुभयो, “हाइनाको आक्रमणले गम्भिर प्रकारको दुखाइ र पीडामा परेपछि सन् २०१६ मै विशेष निगरानीको आवश्यक महसुस हुँदा फौस्टालाई त्यहाँबाट बाहिर निकाल्यौं ।” उहाँले थप्नुभयो – फौस्टाको मृत्यु भएकै दिन अर्को केटा जन्मिएको डा. फ्रेडीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

Facebook Comments