Fri. Oct 18th, 2024

धरानमा पहिरोले घर पुरिँदा एकै परिवारका दुई बालबालिकाको मृत्यु

काठमाण्डौं, २०७८ कात्तिक २ गते मंगलबार । केहि दिनदेखि जारी अविरल वर्षाका कारण गएको पहिरोले घर पुरिँदा दूई बालबालिकाको मृत्यु भएको छ ।

पहिरोले घर पुरिँदा  धरान उपमहानगरपालिका वडा नम्बर १३ नागेश्वर मार्ग बस्ने निसान राईको ८ वर्षीया छोरी निसु राई र ४ वर्षीया छोरा निहान राईको मृत्यु भएको हो । आज (मंगलबार) दिउँसो १:४५ बजे राईको घरमाथिबाट पहिरो खसेको थियो । राईको टिनको छाना भएको एक तल्ले घर पुरिदा घरभित्र रहेका उहाँका एक छोरा र एक छोरीको मृत्यु भएको हो । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय धरानबाट उद्धारको लागी प्रहरी टोली खटि गएको थियो ।

उद्धारमा खटिएको प्रहरी टोलीले दिउसो साढे ३ बजे दुईजना बच्चालाई मृत अबस्थामा फेला पारेको हो । घटनाको बारेमा थप अनुसन्धान भईरहेको धरान प्रहरीले जानकारी दिएको छ । गोरखापत्र अनलाईन

Facebook Comments