Sat. Oct 19th, 2024

मोहम्मद जयन्तीको अवसरमा भोली मुस्लिम समुदायलाई सार्वजनिक बिदा

काठमाण्डौं, २०७८ कात्तिक १ गते सोमबार । सरकारले भोली मंगलबार मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद्को निर्णयबारे जानकारी गराउनुहुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मोहम्मद जयन्ती १४९६ को अवसरमा कात्तिक २ गते मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको बताउनुभएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा ग्लास्कोमा आयोजना हुने जलवायु परिवर्तन सम्बन्धी ‘वल्र्ड लिडर सम्मिट’ मा सहभागी हुने प्रतिनिधि मण्डल गठन भएकाे छ । यसैगरी, मन्त्रिपरिषद्को बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन नियमावली २०७८ लाई स्वीकृत पनि गरेको छ । गोरखापत्र अनलाईन

Facebook Comments