Sun. Jan 12th, 2025

कोप १५ सम्मेलन आज शुरू

काठमाण्डौं, २०७८ असोज २५ गते सोमबार । संयुक्त राष्ट्र संघको जैविक विविधता सम्बन्धी महासन्धि सम्मेलनको १५औं बैठक अर्थात् कोप-१५ आज अक्टोबर ११ देखि १५ तारिखसम्म चीनको युननान प्रान्तको राजधानी शहर खुन मिङमा शुरू भएको छ। सो सम्मेलनको नारा पारिस्थितिकीय सभ्यता:पृथ्वीको जीवन समुदायको संयुक्त निर्माण भन्ने राखिएको छ।

संसारको पारिस्थितिकी सभ्यताको निर्माणलाई अघि बढाउनुका साथै मानिस र प्रकृतिबीचको मेलमिलापको विकासलाई कायम राख्ने सम्मेलनको उद्देश्य पनि रहेको छ।

हाल उक्त सम्मेलन आयोजनास्थल खुन मिङमा धेरै होटेल र रेस्टुराँहरूले शहर राम्रो बनाउन विविध सुन्दर फूलको प्रदर्शन गरेका छन्। कोप १५ को अनुभव गर्न धेरै स्थानीयहरू प्रकृतिक अध्ययन संस्था र प्रदर्शन कार्यक्रममा घुम्दै सहभागी भएको देखिन्छ।

Facebook Comments