Mon. Dec 23rd, 2024

स्याङ्जाको वालिङमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

काठमाण्डौं, २०७८ असोज २४ गते आईतबार । स्याङ्जाको वालिङमा केहीबेर अगाडि भएको जीप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य १७ जना घाइते भएका छन् ।

दुर्घटनामा गल्याङ नगरपालिका ९ का  ३२ वर्षीय गंगी पल्ली र ७७ वर्षका दलबहादुर पल्लीको ज्यान गएको वडा प्रहरी कार्यालय वालिङका प्रमुख एवम् प्रहरी निरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि गह्रौ प्राथमिक अस्पताल लगिएको छ । घाइतेहरूको विवरण आउन बाँकी छ ।

उकालोमा ब्रेक फेल भएर जीप झन्डै एक सय मिटर तल झरेको प्रहरीले जनाएको छ  ।  वालिङ बजारबाट गल्याङको पकवादीका लागि छुटेको ग १ ज ४९१८ नम्बरको जीप वालिङ १० मदी खोलामा दुर्घटनामा परेको हो ।  उज्यालो अनलाईन

Facebook Comments