Sun. Jan 12th, 2025

कलियुगका रावण कलाकार तथा पूर्व सांसद अरविन्द त्रिवेदीको निधन

काठमाण्डौं, २०७८ असोज २० गते बुधबार । भारतीय टेलिभिजन दूरदर्शनको सबैभन्दा लोकप्रिय तथा पुरानो धारावाहीक धार्मिक श्रृखला रामायणका महत्वपूर्ण पात्र रावणको निधन भएको छ । रावणको भूमिका निर्वाह गर्नुभएका कलाकार तथा पूर्व सांसद अरविन्द त्रिवेदीको मंगलबार राति निधन भएको हो ।

 गुजराती भाषाको धार्मिक तथा सामाजिक फिल्ममा उहाँलाई निकै मन पराइन्थ्यो । जहाँ उहाँले ४० वर्ष योगदान दिनु भएको थियो । उहाँलाई गुजरात सरकारले प्रदान गर्ने चलचित्रका सर्वश्रेष्ठ अभिनयका सात पुरस्कार प्राप्त भएका थिए । उहाँलाई सन् २००२ मा केन्द्रीय फिल्म प्रमाण बोर्ड स्बीएफसीको कार्यकारी अध्यक्षका रुपमा मनोनित गरिएको थियो ।

उहाँ सन् २००२ को १६ अक्टुबरदेखि २००३ सम्म सीबीएफसी प्रमुखका रुपमा कार्यरत हुनुहुन्थ्यो । उहाँ सन् १९९१ देखि १९९६ सम्म भारतीय जनता पार्टीको सदस्यका रुपमा सांसद रहनु भएको थियो ।

उहाँ ८३ वर्षका हुनुहुन्थ्यो । उहाँका भतिज कौस्तुभले अरविन्दको निधन राति १० बजे भएको बताउनु भएको छ । २–३ दिनदेखि उहाँको स्वास्थ्य बिग्रिएको थियो । उहाँ यसअघि कुनै रोगबाट पीडित हुनुहुन्नथ्यो ।

गत वर्षदेखि नै उहोको निधनलाई लिएर चर्चा हुने गरेको थियो । अफवाहसमेत फैलदै आएको थियो । उहाँको जन्म मध्यप्रदेशको उज्जैन शहरमा भएको थियो । उहाँले करिब ३०० वटा हिन्दी र गुजराती फिल्ममा अभिनय गर्नुभएको छ । एजेन्सी

Facebook Comments