Sun. Jun 21st, 2026

माओवादी केन्द्रद्वारा पूर्वराजदूतहरु समेटेर विदेश विभाग गठन, लिलामणि पौडेलको औपचारिक प्रवेश

       

काठमाण्डौं, २०७८ असोज २० गते बुधबार । नेकपा (माओवादी केन्द्र) ले विदेश मामिला विभागको गठन गरेको छ। पूर्वमन्त्री तथा प्रदेश नम्वर एक का प्रमुख सुरेन्द्र कार्कीको अध्यक्षतामा बनेको ३१ सदस्यीय विदेश मामिला विभागमा पूर्वमुख्य सचिव लीलामणि पौड्याल र डा. महेश मास्केसहितका पूर्वराजदूतहरू हुनुहुन्छ । उहाँहरू दुवैजना चीनका लागि पूर्वनेपाली राजदूत हुनुहुन्छ ।

त्यस्तै विभागमा पूर्वराजदूतहरु ऋषिराम अधिकारी, युवनाथ लम्साल, राममणि पोखरेल, लक्की शेर्पा, पदम सुन्दास, महेन्द्र सिंह पनि समावेश हुनुहुन्छ ।

अन्य सदस्यहरूमा जोखबहादुर महरा, ओम शर्मा, विमल अधिकारी, पिबी पौडेल, रुपक सापकोटा, प्रमोद जैसवाल, सुनिल पौडेल, अमन श्रेष्ठ, प्रदीप परियार, इन्द्र भट्टराई, कल्याणी शाह, सुदन किराती, एलबी थापा, रविमोहन कोपिला, टिवी पाठक, पुष्प न्यौपाने, यङ्कनाथ अर्याल, बलु गैरे, शिवसिंह ओली, बाबुलाल पुन र श्यामकुमार श्रेष्ठ रहनु भएको छ ।

Facebook Comments