Wed. Sep 25th, 2024

रोजगार अनुमति प्रणाली सञ्चालन तथा व्यवस्थापन निर्देशिका स्वीकृत

काठमाण्डौं, २०७८ असोज १९ गते मंगलबार । सरकारले रोजगार अनुमति प्रणाली सञ्चालन तथा व्यवस्थापन पहिलो संशोधन निर्देशिका २०७८ स्वीकृत गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको कुरा सरकारका प्रवक्ता तथा न्याय, कानून तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

बैठकले प्रशासन समुहका सहसचिव रबिलाल पन्तलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ ।  यही असोज २४ गतेदेखि २८ सम्म परराष्ट्र मन्त्रीको नेतृत्वमा असंलग्न आन्दोलनको उच्चस्तरीय बैठकमा सहभागी हुने प्रतिनिधि मण्डलको गठन गन निर्णय पनि भएको छ ।

वैदेशिक रोजगार न्यायाधीरकणको रिक्त सदस्य पदमा सह न्यायाधिवक्ता डा. गोपीचन्द्र भट्टराईलाई तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता कार्कीले बताउनुभयो । मन्त्रिपरिषदको बैठकले ऋण असुली न्यायीकरणको रिक्त कानुन सदस्य पदमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव विष्णुप्रसाद रेग्मीलाई नियुक्ति गर्ने निर्णय गरेको छ ।

बैठकले विद्युतीय राहदानीको बुकलेटमा उल्लेख हुने सुरक्षा विशेषताहरू स्वीकृत गर्ने निर्णय गरेको छ । गोरखापत्र अनलाईन

Facebook Comments