Wed. Sep 25th, 2024

‘थाइवान(Tiwan) चीनको हो’-चिनियाँ परराष्ट्र मन्त्रालय

काठमाण्डौं, २०७८ असोज १९ गते मंगलबार । चीनको परराष्ट्र मन्त्रालयले ताइवान (TIWAN) चीनको अभिन्न अंग भएको बताएको छ । “थाइवान चीनको थाइवान हो। अमेरिकाले त्यसमाथि मनमानी गरी टिप्पणी गर्नुहुँदैन। अमेरिकाको सम्बन्धित भनाइले एक चीनको नीति र चीन-अमेरिका तीनबुँदे संयुक्त विज्ञप्तिको गम्भीर उल्लंघन गरी गलत र गैर-जिम्मेवारीवोध संकेत व्यक्त गरेको छ।” चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुनयिङले उक्त कुरा बताउनुभएको हो।

अक्टोबर ३ तारिखका दिन अमेरिकी विदेशमन्त्रालयका प्रवक्ताले थाइवाननजिकै चीनको सैन्य गतिविधिमाथि गहिरो ध्यान दिएर चीनसँग थाइवानमाथि दवाव र धम्की दिने कार्यलाई रोक्न ताकिता गर्नुभएको थियो। प्रवक्ता ह्वाले त्यससम्बन्धी प्रश्नको जवाफ दिँदै उक्त कुरा बताउनुभएको हो।

प्रवक्ता ह्वाका अनुसार, केही समययता थाइवानका लागि हतियारको बिक्री, अमेरिका तथा थाइवानबीच सैन्य सम्पर्कको प्रवर्द्धनलगायत क्षेत्रमा अमेरिकाले धेरै गलत गतिविधि गर्दै आएको छ। यी चुनौतीपूर्ण गतिविधिले चीन र अमेरिका सम्बन्धमाथि क्षति पुर्‍याउनुका साथै क्षेत्रीय शान्ति तथा स्थिरतालाई पनि भंग गरेको छ। चीनले त्यसको कडा विरोध गर्नुका साथै आवश्यक सामना गर्नका लागि उपयुक्त कदम चालेको छ।  सीआरआई

Facebook Comments