Fri. Apr 26th, 2024

काजकस्तानमा यात्रुबाहक विमान दुर्घटना, १५ जनाको मृत्यु

काठमाडौं, २०७६ पुष ११ गते शुक्रबार ।

काजकस्तानमा यात्रुबाहक विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । अल्माटी विमानस्थालबाट काजकस्तानको राजधानी नुरसुल्तानका लागि उडान भरेको विमान स्थानीय समयअनुसार शुक्रबार बिहान ७:३० वजे दुर्घटनामा परेको हो ।

विमानमा चालक दलका ५ सदस्य र ९५ यात्रु सवार थिए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाए अनुसार, दुर्घटनास्थल क्षेत्र वरपर बाक्लो हुस्सु लागेको छ ।

दुर्घटना मौसमको प्रतिकूलता या अन्य के कारणले भयो भन्ने खुलेको छैन । विमान एक संरचनामा ठोक्किएर दुईतले भवनमा जोतिएको छ। विमानमा आगो भने नलागेको बताइएको छ ।

काजकास्तानका आन्तरिक मन्त्रीलाई उदृत गर्दै समाचार संस्था रोयर्टसले मृत्युहुनेहरुमा ६ जना केटाकेटीहरु रहेको जनाएको छ । दुर्घटनामा ८ केटाकेटी सहित ६० यात्रु घाईते भएका छन् । उनीहरुलाई स्थानीय अस्पतालमा उपचारको लागि भर्ना गरिएको छ ।

काजकास्तानका राष्ट्रपति कासिम-जोमार्ट तोकायवले दुर्घटनाप्रति गहीरो दुख एमव् समवेदना व्यक्त गर्नुहुँदै बेक एयरको जेट विमान  92100 दुर्घटनामा जीम्मेवार ठहरीएकालाई कडा सजाय दिने बताउनु भएको छ ।

Facebook Comments