Wed. Sep 25th, 2024

भारतीय प्रधानमन्त्री मोदी तीन दिने भ्रमणमा भोली अमेरिका पुग्नुहुँदै, क्वाड देशका नेताहरुसँग छलफल हुने

काठमाण्डौं, २०७८ असोज ५ गते मंगलबार । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदार दास मोदी भोली (बुधबार) अमेरिका पुग्दै हुनुहुन्छ । तीन दिने भ्रमणमा अमेरिका पुग्न लाग्नु भएका प्रधानमन्त्री मोदीले अमेरिकाका राष्ट्रपति जो बाइडनसँग विशेष बार्ता गर्नुहुने बीबीसीले जनाएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले क्वाड देशका नेताहरुसँग रणनीतिक वार्ता गर्नुहुने बताईएको छ । यद्यपी मोदीले राष्ट्रपति जो बाइडनसँग भारत र अमेरिकाबीच विद्यमान आपसी सहयोग, सुरक्षा, लगानी लगायतका विविध विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी मोदीले उपराष्ट्रपति कमला हैरिससँग पनि भेट गर्ने कार्यक्रम रहेको छ ।

व्हाइट हाउसले सोमबार नै प्रधानमन्त्री मोदीको बारेमा भनेको छ कि, “सेप्टेम्बर २२ तारिखका दिन अमेरिका पुगे लगत्तै उहाँको राष्ट्रपति जो बाइडनसँग भेटवार्ता हुनेछ । त्यसपछि मात्र क्वाड देशका नेताहरुसँग भेटवार्ता सुरु हुनेछ ।”

भ्रमणका क्रममा मोदीले जापानका प्रधानमन्त्री योशिहिदे सुगासँग पनि भेट गर्नुहुनेछ । सो भेटमा आपसी हितका विभिन्न विषयहरुमा कुराकानी हुने सञ्चार माध्यमहरुले जनाएका छन् ।

क्वाड देशहरुमा आस्ट्रेलिया, जापान, भारत, और संयुक्त राज्य अमेरिका रहेका छन् ।

Facebook Comments