Wed. Sep 25th, 2024

ग्रेटर नेपालले संयुक्त राष्ट्रसंघको वैठकमा उठायो जयसिंह धामीको मुद्दा

काठमाण्डौं, २०७८ असोज ३ गते आईतबार । संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को एउटा वैठकमा भारतीय सुरक्षावल एसएसबीले तुइनबाट खसाएर हत्या गरिएका नेपाली नागरिक जयसिंह धामीको विषय उठेको छ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले सो विषय उठाउनु भएको हो ।

फणिन्द्र नेपाल, अध्यक्ष- ग्रेटर नेपाल

जेनेभास्थित संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को ४८ औँ सत्रको समानान्तर कार्यक्रममा नेपाल सहभागी हुनुभएको थियो । सो कार्यक्रममा जयसिंह धामीका साथै भारतले सैनिक हेलिकप्टर नेपालको आकाशमा उडाएर नेपालको सार्वभौमसत्तामा आँच पुर्याएको प्रसंग पनि आफुले निकालेको नेपालले बताउनु भयो ।

‘इन्डियन हेजेमोनिक डिजाइन्स अगेन्स्ट नेपाल’ शीर्षकमा जूम वेबिनारमार्फत उक्त सत्र आयोजना भएको थियो । ‘भारतीय एसएसबीले तुइनको लठ्ठा काटिदिएर नेपाली नागरिकको जघन्य हत्या गरेका छन्, यो मानवताविरोधि अपराधिक कार्यवापत भारतले अहिलेसम्म क्षमायाचना गरेको छैन र पिडितलाई क्षतिपूर्ति पनि दिएको छैन,’ नेपालले भन्नुभएको थियो ।

नेपाली सेनाको ब्यारेकमाथि सैनिक हेलिकोप्टर उडाएर भारतले सैन्य आतंक मच्चाउन खोजेको पनि उहाँले बताउनु भयो । कार्यक्रममा उहाँले ग्रेटर नेपालको विषयमा पनि चर्चा गर्नुभएको थियो ।

Facebook Comments