Wed. Sep 25th, 2024

चाइना मिडिया ग्रुपका महानिर्देशक र विदेशी मित्रबाट मध्यशरद चाडको शुभकामना

काठमाण्डौं, २०७८ असोज ३ गते आईतबार । चीनको परम्परागत मध्य शरद चाडको उपलक्ष्यमा चिनियाँ कम्युनिष्ट पार्टी प्रसार मन्त्रालयका उपमन्त्री एवम् चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाइस्यौङ र विदेशी मित्रले आपसमा मध्य शरद चाडको शुभकामना आदानप्रदान गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष, युनेस्का महाप्रबन्धकले छुट्टा-छुट्टै रूपमा चाइना मिडिया गुपको समर्थन तथा सहयोगलाई धन्यवाद दिनुका साथै मध्य शरद चाडको शुभकामना व्यक्त गर्नुभएको छ ।

चीनका लागि रूसी राजदूत, यूरोपेली संघीय प्रतिनिधि मण्डलका प्रमुख, फ्रान्स, इटाली, स्पेनलगायत देशहरूका राजदूतहरूले हार्दिक अभिवादन व्यक्त गर्नुभएको छ ।

रूसका दशौँ सञ्चार माध्यमहरूले चिट्ठी वा टेलिफोनद्वारा चाडको शुभकामना दिएका छन्। त्यसबाहेक शन हाइस्यौङले हङकङ र मकाउ विशेष प्रशासनिक क्षेत्रका कार्यकारी प्रमुखहरूलाई मध्यशरद पर्वको शुभकामना पठाउनु भएको छ । सीआरआई

Facebook Comments