Wed. Sep 25th, 2024

प्रदेश १ काे मन्त्रिमण्डल बिस्तार, दुई मन्त्री र तीन राज्यमन्त्री नियुक्त

काठमाडौं, २०७८ भदौ ३० गते बुधबार । प्रदेश नं १ को सरकारको मन्त्रिमण्डल आज बुधवार विस्तार गरिएको छ । विस्तारित गरिएको मन्त्रिमण्डलमा दुई मन्त्री र तीन राज्यमन्त्री थप गरिएको छ ।

नवनियुक्त मन्त्रीमा आर्थिक मामिला तथा योजना मन्त्रीमा तुलसीप्रसाद न्यौपाने, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा हिराकुमार थापा हुनुहुन्छ । उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा उत्तमकुमार बस्नेत, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीमा ज्ञानेश्वर राजवंशी र आन्तरिक मामिला तथा कानन राज्यमन्त्रीमा लीलावल्लभ अधिकारीलाई नियुक्ति गरिएको छ ।

प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले आज बेलुका मुख्यमन्त्री भीमप्रसाद आचार्यको सिफारिसमा नियुक्त मन्त्री न्यौपाने र थापालाई पद तथा गोपनीयताको शपथ गराउनुभयो । प्रदेश प्रमुख अधिकारीले नेपालको संविधानको धारा १६८ को उपधारा (९) अनुसार शपथ गराउनुभएको हो ।

यसैगरी मुख्यमन्त्री आचार्यले राज्यमन्त्री बस्नेत, राजवंशी र अधिकारीलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

Facebook Comments