Tue. Sep 24th, 2024

सत्तारुढ गठबन्धनको बैठकमा मन्त्रिपरिषद् विस्तार, एमसीसीबारे छलफल

काठमाण्डौं, २०७८ भदौं २४ गते बिहीबार । सत्तारूढ पाँच दलीय गठबन्धनले देशकाे पछिल्लो समसामयिक राजनीतिक अवस्थाबारे समीक्षा गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहीवार दिउँसाे भएको बैठकमा मन्त्रिपरिषद् विस्तार, मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना तथा हिजाे बुधवारदेखि सुरु भएको संसद्लाई कसरी प्रभावकारी बनाउने भन्नेबारेमा छलफल भएकाे छ ।

बैठकमा प्रधानमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई चाँडै पूर्णता दिनुपर्ने धारणा राख्नुभएको थियो । प्रधानमन्त्री देउवालाई पार्टीभित्रैबाट पनि छिटो मन्त्रिपरिषद् विस्तार गर्न दबाब रहेको छ ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत गठबन्धनका अन्य नेताहरूको सहभागिता थियो । बैठकमा विपक्षी नेकपा एमालेले संसद् अवराेध गरेपछिको अवस्थाबारे पनि समीक्षा भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

यसअघि ललितपुरको हात्तीवनमा गठबन्धनका घटक शीर्ष नेताहरूबीच समसामयिक विषयमा छलफल भएको थियो । त्याे बैठकमा माओवादी केन्द्रका अध्यक्ष दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव सहभागी हुनुहुन्थ्यो । उज्यालो अनलाईन

Facebook Comments